धिमाल महिलालाई तान सहयोग
झापा | असार २१, २०७९
झापा : यहाँस्थित दमक नगरपालिका– १० का धिमाल महिलाको आयआर्जनमा सहयोग पुर्याउन नौ थान पेटानी बुन्ने घरेलु तान हस्तान्तरण गरिएको छ । वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्दै आएका धिमाल समुदायका नौजना महिलालाई सो तान हस्तान्तरण गरेको हो ।
कार्यक्रममा वडाको अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को रु एक लाख ५० हजार बजेटबाट जनही करिब रु १७ हजार मूल्य बराबरका नौ थान पेटानी बुन्ने तान वितरण गरिएको वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारीले बताउनुभयो । वडा सचिव योगेश भट्टराईका अनुसार वडाको सेतुमारी, नलबारी र नौ भाइ चोक आसपास धिमाल बस्तीका महिलालाई तान वितरण गरिएको हो । लाभग्राही पुसमाया धिमालले अझै पनि आफ्नो समुदायभित्र तानको अभाब रहेको गुनासो गर्नुभयो । उहाँले आफ्नो गाउँ छिमेकमा तीनवटा मात्र पेटानी बुन्ने तान रहेकाले आलोपालोमा पेटानी बुन्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो ।
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले ३ पाकिस्तानी खेलाडी सम्मेलित पर्वत जिल्ला भलिबल संघविरुद्ध रोमाञ्चक जित निकालेको छ । पोखरा ...
पोखरा: होराइजन क्लब स्याङ्गजा र नेपाल प्रहरी गण्डकी प्रदेशको टीम २६ औं आदर्श कपको फाइनलमा भिड्ने भएका छन् । कास्कीको लेखनाथमा माघ ९ देखि सुरु भएको २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता अन्तर्...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल एपीएफविरुद्ध सहज जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा ...

